वाणगंगा ०८ चप्परगाँउ कपिलवस्तु 10.00 am - 5.00 pm
sfaclmotipur@gmail.com 076411056

About us

Our organization goal is to uplifting rural poor people life style. We believe in human capital development social capital formation and community assets creation for rural transformation and sustainable development of the country.


mission

सदस्यहरुको आर्थिक,सामाजिक तथा सांस्कृतिक अवस्थामा सुधार गर्न गुणस्तरीय,प्रविधियुत्त,कृषि यान्त्रिकरणको प्रयोग गरि प्रतिस्पर्धी सर्वशुलभ वित्तिय एवं गैर वित्तिय सेवा उपलब्ध गराउने ।


Vision

समुदायमा आधारित गुणस्तरीय र दिगो वित्तिय सेवा प्रदायक एक उत्कृष्ट सहकारी संस्था हुने


Goal

सदस्यहरुको सामाजिक र आर्थिक हितलाई ध्यानमा राखी देहायमा उल्लेख भए बमोजिमका काम कारवाही गर्नु संस्थाको उद्देश्य हुनेछ । १) संस्थामा सम्लग्न सदस्यहरु बीच स्ववलम्बन ,पारस्परिक सहयोग एवं मितव्ययिताको अभिबृद्धि गरि नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने । २)नियमित रुपमा सदस्यहरुबाट बचत संकलन गर्नुका साथै जम्मा गरेको बचतमा आकर्षण ब्याज प्रदान गर्ने । ३) उत्पादनशील,आयमूलक ,सीपमूलक ,व्यावशायिक उदेश्का लागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋण प्रदान गर्ने । ४)सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने सिप मूलक किसिमका तालिम तथा परामर्श सेवा उपलब्ध गराउने । ५)सदस्य तथा संस्थागत बिकासका लागी आय आर्जनका परियोजनाहरु सन्चालन गर्ने । ६)समाजमा रहेका निम्न आय भएका ब्यक्तिहरुलाई समूहमा आबद्ध गरि आय आर्जनकालागी लघु कर्जा प्रदान गर्ने । ७)सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न नविनतम प्रविधिहरुलाई आवलम्बन गर्दै जाने । ८)मुद्रा बिप्रेषण (रेमिट्यान्स) को कार्य गर्ने । ९)कृषकलाई उन्नत जातका विउ विजन मार्फत उत्पादन बृदि गर्न प्रोत्साहित गर्र्ने । १०) रासायनिक तथा अर्गानिक मल को विक्रीवितरण गरि सदस्यलाई सेवा पुर्याउने । ११) विधार्थी तथा विधालय वित्तिय साक्षरता कार्यक्रम मार्फत समुदायमा वित्तिय साक्षरता पुर्याउने । १२) सदस्य तथा स्थानिय किसानहरुले पालेका पशुहरुको जोखिम न्यूनिकरणका लागी पशु बिमा कार्यक्रममा सहभागी गराउने । १३) संस्थाको सामाजिक सामुदायिक उत्तरदायित्व अन्तरगत सदस्य तथा समुदायलाई टेवा हुने बिभिन्न किसिमका कार्यक्रमहरु सन्चालन गर्ने ।